राति बिहेमा नाचिरहेकी बालिकाको विहान शव फेला, बलात्कारपछि उखुबारीमा जलाइएको अवस्थामा भेटियो शव


३ फाल्गुन २०७५, शुक्रबार
resma

जनकपुर, ३ फागुन । छिमेकीको बिहेमा राति रमाउँदै नाचिरहेकी धनुषाकी एक बालिका विहान विभत्स रुपमा मृत्त फेला परेकी छन् ।

resma
घटनाबारे जानकारी दिंदै धनुषा प्रहरी

धनुषाकी ९ वर्षीया बालिकको शव उखुबारीमा जलाइएको अवस्थामा फेला परेको हो । मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देवनारायण रसाइलीकी ९ वर्षीया छोरी रेश्मा रसाइलीको हत्या गरी आधा जलाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले जानकारी दिएका छन् ।

गाउँभन्दा ५०० मिटर पर रहेको उखु काटिसकेको खेलमा उखुका पातले जलाएको अवस्थामा बिहीबार बिहान बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार रेश्मा बुधबार बेलुका गाउँमा रहेको बिहेमा नाचिरहेकी थिइन् । अभिभावकले बिहेमै होली भन्ने ठानेर उति ख्याल गरेका थिएनन् । बुधबार बिहान उखुबारीमा उनको शव भेटियो ।

बालिकालाई कसैले बिहे घरबाट उठएर लगी बतात्कारपछि हत्या गरेको प्रहरीको अनुमान छ । संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरका एसएसपी शेखर कोइराला, जनकपुर अञ्चल अस्पलतालका डाक्टर केडी दाससहितको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाइ अञ्चल अस्पताल जनकपुरमा ल्याएको थियो ।

अहिले बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको छ । हेटौंडाबाट विशेष किसिमको कुकर ल्याई अनुसन्धान भइरहेको र हत्यारा छिट्टै पत्ता लाग्ने प्रहरीले जनाएको छ । कक्षा २ मा पढ्दै गरेकी रेश्मा सुस्त मनस्थितिकी रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७