भारतको गोवा घुम्न आफ्नै अपहरणको नाटक, बुबा-आमालाई धम्क्याएर फिरौती माग


३ फाल्गुन २०७५, शुक्रबार
apharan

जनकपुर, ३ फागुन । मोजमस्तीका लागि नक्कली अपहरणको नाटक रचेर आफ्नै बाबु–आमालाई सताउने एक युवा पक्राउ परेका छन् ।

apharan

आफ्नै अपहरणको नाटक गरेर बुबा–आमासँग फिरौती माग्ने युवा जनकपुरबाट पक्राउ परेका हुन् । भारतको पर्यटकीयस्थल गोवा घुम्न पैसाको जोहो गर्न भन्न भन्दै अपहरणको नाटक गर्ने जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजयकुमार साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । उनीसँगै प्रहरीले अन्य दुई जनालाई समेत नियन्त्रणमा लिएको छ ।

साहसँगै जनकपुरधाम २३ का २० वर्षीय समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका ८ का २५ वर्षीय अरविन्द यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । जनकपुरमा पत्रकार सम्मेलन गरी एसपी खनालले उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको अभियोग अन्तर्गत मुद्दा चलाउने तयारी भईरहेको जानकारी दिएका छन् । राजकुमार साह र रेखा कुमारी साहका छोरा अजयकुमार आफै काठमाडौं फरार भएर आफ्ना दुबै साथीमार्फत आमा–बुबालाई १५ लाख रुपैयाँ फिरौती माग्न लगाएका थिए ।

एसपी खनालका अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोबाइल नम्बरलाई ट्रेस गरी प्रहरीको विशेष टोलीले जनकपुर १६ पुलचौकबाट समसादलाई तथा समसादको सूचनाको आधारमा अरविन्दलाई पक्राउ गरेको थियो । एसपी खनालले भने, ‘हामीले दुबै युवकलाई फिरौती रकम प्राप्त भयो भनेर अजयलाई फोन गर्न लगायौं । त्यसपछि अजय काठमाडौंबाट जनकपुर आए र उनलाई पनि पक्राउ गर्‍यौं ।’

स्थानीयको सल्लाहमा पीडित रेखाकुमारी साहले जिल्ला प्रहरी कार्यालयमा छोरा अपहरण भएको निवेदन दिएकी थिइन् । एसईईसम्मका पढेका तीनै युवक लागू औषधिका अम्मली रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । पढाई छाडेर घरमै बस्दै आएका अजय गोवा घूमफिर गर्न आफ्नै आमा बुबासँग पैसा असुल्न नक्कली अपहरणको नाटक रचेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७