अब सिलाई मेशिन पनि आफ्नै इशारामा चल्ने, बजारमा आयो वाइफाइ मेशिन


३ फाल्गुन २०७५, शुक्रबार
machine

काठमाडौं, ३ फागुन । के तपाई सिलाई–कटाई व्यवसाय गरिरहनु भएको छ ? अनि दिनभर मेशिन चलाउँदा खुट्टाको समस्या भयो ? अब चिन्ता लिन नपर्ने भएको छ ।

machine

अब तपाईले कपडा सिलाउँदा चलाउने मेशिन तपाईकै इशारामा चल्ने भएको छ । उषा जेनोम कम्पनीले भर्खर वाइफाइ सक्षम सिलाई मेशिन ‘द उषा मेमोरी क्राफ्ट १५०००’ लञ्च गरेको छ ।

यसले प्रयोगकर्तालाई एम्ब्रोडिरी डिजाइनलाई आइप्याडबाट सिधा मेशिनमा पठाउनमा सक्षम बनाउने छ । कम्पनीले दाबी गर्दै भनेको छ कि यो वाइफाइ सक्षम स्टिचिङ कम एम्ब्रोडिरी मेशिनले फेसन फरवार्ड क्रिएसनलाई निकै सहज र आनन्ददायी बनाउने छ । यो मेशिनले १००० एसपिएम (स्टिचेज प्रतिमिनेट) को गतिमा एम्ब्रोडिरीलाई चलाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो आधुनिक सिलाई मेशिन जापानिज प्रविधिबाट निर्माण गरिएको छ । यो मेशिन निर्माण फोर एमबी मेमोरी स्पेशका साथ गरिएको छ ।

यसको एक्यूफिड फ्लेक्स टेक्नोलोजीले फूट प्रेसर एडजस्टमेन्टका लागि नियन्त्रणमा सहयोग गर्दछ भने प्रयोगकर्तालाई विभिन्न बाक्लो लेयर्स तथा फेब्रिक्सको एक व्यापक श्रृंखलाको माध्यमबाट उत्कृष्ट ढंगले सिलाउन मद्दत गर्दछ । यसमा टेक्सटाइल, फक्स लेदर, प्लाष्टिक तथा कागज सामेल छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७