हुन्डाइको नयाँ स्यान्ट्रो कार नेपाली बजारमा


३ फाल्गुन २०७५, शुक्रबार
Fullscreen capture 021519 042917 PM PEMaXvUqnS

काठमाडौं,फागुन ३ । नेपालको लागि हुन्डाइ मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालमा उत्कृष्ट फेमिली ह्याचव्याक कार ‘दि अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा भित्र्याएको छ ।

Fullscreen capture 021519 042917 PM PEMaXvUqnS

हुन्डाइ मोटर्स र लक्ष्मी इन्टर कन्टिनेन्टलको १० वर्षको साझेदारीको उपलक्ष्य पारेर उक्त कार सार्वजनिक गरिएको थियो । बजारको बदलिदो मागलाई मध्य नजर गरी मोर्डन र स्टाइलिस डिजाईन, आरामदायी र प्रिमियम क्याबेन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफर्मेन्सका साथ नयाँ स्यान्ट्रो नेपाली बजारमा पुन भित्रिएको हो ।

लक्ष्मी इन्टर कन्टिनेन्टलका महाप्रबन्धक रुपेश भट्टले भने, ‘नेपाली परिवारले सवैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी स्यान्ट्रोलाई पुन नयाँ र परिमार्जित सस्करणका साथ नेपाली बजारमा चित्र्याउन सफल भएकोमा खुसी लागेको छ । पहिले जस्तो नयाँ स्यान्ट्रोले पनि ग्राहकहरुको मन जित्न सफल भई ग्राहकहरुको बदलिदो मागलार्य पुरा गर्न सफल हुनेछ ।’

155022868551812005 1877231312406103 7549

नयाँ स्यान्ट्रोमा १७.६४ से।मी। स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिकग्नीसन जडित अडियो भिडियो प्रणाली छ । रियर पार्किङ क्यामेरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यान्स रहेको छ ।

नयाँ स्यान्ट्रोले १.१ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्नेछ । गाडीमा एन्टी लकदेखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७