निर्माण क्षेत्रका समस्या सम्बोधन गर्न माग


४ फाल्गुन २०७५, शनिबार
Building Construction Housing Real Estate Reuters

काठमाडौं, ४ फागुन । दुई तिहाइको सरकार बनेको एक वर्ष वितिसक्दा समेत निर्माण क्षेत्रको समस्या सम्बोधन नभएकामा निर्माण व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

Building Construction Housing Real Estate Reuters

नेपाल निर्माण व्यवसायी महासङ्घ अन्तर्गतको एशोसिएट सदस्य समन्वय कार्यसमितिको नवौँ राष्ट्रिय भेलामा सहभागी व्यवसायीले निर्माण क्षेत्रमा निरन्तर चुनौती थपिँदै गएको विश्लेषण गरे ।

काभ्रेको धुलिखेलमा भएको सो कार्यक्रममा महासङ्घका मानार्थ सदस्य समेत रहेका सांसद जीपछिरिङ लामा शेर्पाले व्यवसायीका लागि प्रतिकूल अवस्था सिर्जना भएकाले सबै चनाखो हुनुपर्ने धारणा राखे ।

महासङ्घका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायी एक भएमा जस्तोसुकै चुनौती पार लगाउन सकिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले मुलुकको निर्माणमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकाले व्यवसायसँग सम्बन्धी ऐन, नियम परिमार्जन गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा महासङ्घको २०औँ साधारणसभा तथा ११आँै अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७