नेपालकी विनिता राईलाई स्वर्ण, जितसँगै ओलम्पियाका लागि छनोट (फोटोफिचर)


४ फाल्गुन २०७५, शनिबार
binita rai 3

काठमाडौं, ४ माघ । नेपालकी विनिता राई अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पिया लागि छनौट भएकी छिन् ।

काठमाडौंको प्रज्ञा भवनमा शनिबार आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा २०१९ को ओमेन फिजिकमा स्वर्ण जित्दै उनी छनौट भएकी हुन् । उनी सम्मिलित प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी भने पाइनन् ।


नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा स्वर्ण जितेसँगै विनिताले प्रो कार्ड जितेकी हुन् । योसँगै उनी बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन पाउने भएकी हुन् । यस प्रतियोगितामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ ।

badibirdas fgdfshg

यस्तै मेन्स बडिबिल्डिङको प्रो कार्ड इंग्ल्यान्डका जानी डो रिगोल जितेका छन् । बडिबिल्डिङको समग्र प्रतिस्पर्धामा उनी विजेता भएर प्रो कार्ड जितेका हुन् । त्यसअघि उनले ९० देखि १०२ केजीमा स्वर्ण जितेका थिए ।

badibirdas 66

प्रतियोगिताका लागि अन्तर्रा्ष्ट्रिय निर्णायक पनि नेपाल आएका थिए । यस्तै ख्यातिप्राप्त बडिबिल्डर रोली विङ्कलार पनि प्रतियोगितामा गेस्ट पोजरको रुपमा आफ्नो प्रस्तुति दिएका थिए । उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन् ।

बिनिता राईसँग गरिएको कुराकानी भिडियो


badibirdas dfgdshg

तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फ्रेन्चाइज नेपाल भि¥याएर प्रो क्वालिफायर आयोजना गरेका हुन् ।

badibildas

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७