प्रशिक्षार्थी अधिकृतद्धारा बागमती सरसफाई (फोटोफिचर)


४ फाल्गुन २०७५, शनिबार
staff college nepal bagmati sarsafai abhiyan 5

काठमाडौँ, ४ फागुन । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालीम लिइरहेका ३३ औँ ब्याचका नवनियुक्त शाखा अधिकृतको समूह बागमती सरसफाई अभियानमा सहभागी भएका छन् ।

बाग्मती सफाइ महाअभियानको ३०१ औँ हप्तामा नेपाल प्रशासन सेवाको ९५ प्रशिक्षार्थी अधिकृतहरु टेकू दोभानस्थित वाग्मती पुल क्षेत्रको नदी किनारमा भएको सरसफाइमा सहभागी भएका हुन् ।

यस्तै सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, काठमाडौँ महानगरपालिका–१२ का अध्यक्ष विकास डङ्गोल, वडा सदस्यलगायत जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २५ संस्थाका ५०० जनाभन्दा बढी अभियानकर्मीहरुको सहभागीता रहेको प्रशिक्षार्थी अधिकृत संगिता थुलुङ राईले जानकारी दिइन् ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मतीबाट प्रभावित भई उपत्यकाक अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०२ स्थानमा सरसफाइ गरिरहेको छ ।

तस्बिर : संगिता थुलङ राई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७