लैङ्गिक हिंसा विरुद्ध कविता वाचन र चित्रकला प्रदर्शन


५ फाल्गुन २०७५, आईतवार
DSC00678

काठमाडौँ, ४ फागुन । १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध कविता वाचन तथा चित्रकला प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । शनिवार खुल्ला मञ्चमा मूलबाटो प्रतिष्ठान नेपालले हरेक वर्ष मनाउँदै आएको लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम यो वर्ष पनि मनाएको हो । फागुन ४ गतेबाट सुरु भएको कार्यक्रम महिनाभर विभिन्न रचनात्मक कार्यक्रम गर्दै मनाइने छ ।

DSC00678

शनिवार भएको कार्यक्रममा प्रमुख अतिथि रहेकी अभियान्ता एवं लेखक राधा पौडेलले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि फरक कोणबाट बहस गर्नुपर्नेमा जोड दिइन् । भनिन् ‘हिंसा हुने मुख्य थलो भनेको घर र विद्यालय हो । त्यसैले हामीले लैङ्गिक हिंसा न्युनिकरण गर्नको लागि घर र विद्यालय केन्द्रित रहेर व्यापक बहस सुरु गर्न जरुरी छ ।’ ललितकला प्रतिष्ठानकी प्राज्ञ अरुणा हिङमाङ आफूले महिला हिंसा विरुद्ध विंबात्मक चित्र बनाए कै कारण नारीको चित्र कोर्ने चित्रकार भनेर चिनिएको बताउँछिन् । उनले भनिन् ‘मैले बनाएको चित्रले धेरै सन्देश दिएको छ त्यसले गर्दा मलाई आपत्ति छैन, तर यो नारीको मात्रै समस्या हैन साझा समस्या हो भनेर बुझाउन गाह्रो छ अझै पनि ।’

ggg

सबै किसिमको लैङ्गिक हिंसा न्युनिकरण गर्नको लागि मूलबाटो प्रतिष्ठान नेपालले कार्यक्रमको आयोजना गरेको अध्यक्ष प्रगति राईले जानकारी दिइन् । कार्यक्रममा विद्यार्थीहरूलाई सहभागी गराउँदा सभ्य समाजको निर्माण गर्न सहज हुने भएकाले विद्यार्थीहरूलाई सहभागिता गराइएको बताइन् । मूलबाटो प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा कलाकार रसिकराज र इपिएस स्कुलका विद्यार्थीहरूको महिला हिंसा सम्बन्धी चित्रकला प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७