दोस्रो हनिमुनको तस्विरले रजनीकान्तकी छोरी भाइरलसँगै ट्रोलको शिकार


५ फाल्गुन २०७५, आईतवार
soundarya 1550383277 618x347 VGqQ7Pj4Op 1

काठमाडौं, ५ फागुन । चर्चित अभिनेता रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तले ११ फेब्रुअरीमा विशगन वंगामुडीसँग विवाह गरिन् । अहिले उनी हनिमुनमा छिन् र उनले श्रीमानसँगको हनिमुनको तस्बिर सोसल मिडियामा सार्वजनिक गरेकी छिन् ।

soundarya 1550383277 618x347 VGqQ7Pj4Op 1

हिउँले ढाकिएको ब्याकग्राउन्डसहितको तस्बिर निकै राम्रो छ तर, यी तस्बिर काश्मिरस्थित पुलवामा हमलापछि पोष्ट गर्नु र मृतक जवानका लागि शोक प्रकट नगर्नु सौन्दर्याका लागि भारी भयो ।

sou

सौन्दर्यालाई यसका लागि सोसल मिडियामा ट्रोल गरियो । एक प्रयोगकर्ताले सोसल मिडियामा लेखे, ‘कम्तीमा दुई दिनका लागि रोकिऊ । तपाईंहरु दुई जना रमाइलो गर्न सक्नुहुन्छ तर पोष्ट नगर्नुहोस् म्याडम । धन्यवाद… कारण सायद तपाईंलाई थाहा होला ।’

s

एक अन्य प्रयोगकर्ताले सौन्दर्याको पोष्टमा कमेन्ट गरे, ‘तपाईं रमाइलो गर्नुहोस् तर काश्मिरमा मारिएका जवानप्रति सहानुभूति पनि व्यक्त गर्नुहोस् ।’

t

केही प्रयोगकर्ताले सौन्दर्याले दोस्रो विवाह गरेर हनिमुन गएकोमा ट्रोल गरेका छन् । जवानको मृत्युमा सौन्दर्याले केही पनि पोष्ट नगरेकोमा एक प्रयोगकर्ताले लेखे, ‘पूरा देश रगतको आँशु रोइरहेको छ र तपाईं यस्तो तस्बिर पोष्ट गरिरहनु भएको छ ।’

ट्रोलपछि एक दिन सौन्दर्याले आफ्नो ट्वीटर ह्यान्डलबाट एउटा तस्बिर पोष्ट गर्दै शहीद भएका जवानलाई श्रद्धाञ्जली दिएकी छिन् । सौन्दर्या रजनीकान्तले ११ फेब्रुअरीमा विशिगन वंगामुडीसँग विवाह गरेकी हुन् । यो सौन्दर्याको दोस्रो विवाह हो । सौन्दर्याका एउटा छोरा पनि छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७