यो हो १२८ रुपैंयाँमै घर किन्न पाइने शहर


५ फाल्गुन २०७५, आईतवार
Italy news9165

काठमाडौं, ५ फागुन । नेपालमा घर किन्न त होइन घर भाडा तिर्न समेत धौंधौं पर्नेहरु धेरै छौं ।
अहिलेको महङ्गीको जमानामा मानिसलाई दुई तीन कोठा भएको घर बनाउन पनि लाखौं रुपैयाँको आवश्यक पर्छ । दुई तीन तलाको घर बनाउन आजभोली सामान्य मानिसका लागि निकै गाह्रो छ, यो त सपना जस्तै भइसकेको छ ।

Italy news9165

तर विश्वमा एउटा त्यस्तो शहर छ, जहाँ तपाईले सोचेको भन्दा पनि धेरै कम रुपैयाँमा घर किन्न सक्नु हुन्छ । यसो बताइरहँदा तपाईलाई विश्वास नलाग्न सक्छ । तर इटलीको सामबुका शहर जहाँ एक इयुरोमै घर किन्न सकिने समाचार विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा जनाइएको छ । नेपालमा एक इयुरो बराबर करिब १२८ रुपैयाँ हुन्छ ।

सामबुका शहर प्राकृतिक सौन्दर्यले भरिपूण स्थान हो । यो शहर रातो अङ्गुरको खेतीका लागि निकै प्रख्यात छ । त्यहाँका स्थानीयहरु शहर छोडेर अर्कै शहर तिर जाने क्रम बढेपछि यति सस्तोमा घर दिइरहेको जनाइएको छ ।

जसको कारण यहाँको जनसंख्या पनि घट्दै गइरहेको छ । जनसंख्या घट्नुको प्रमुख कारण यहाँ यातायातको कमी रहेको जनाइएको छ । तर यहाँ १२८ रुपैयाँमै घर किन्नको लागि केही शर्तहरु पूरा गर्नुपर्ने हुन्छ ।

पहिलो शर्तअनुसार तपाईले घर किनेको तीन वर्षभित्र मर्मत गर्नुपर्ने हुन्छ । यस्तै यहाँ घर किन्ने व्यक्तिको सेक्युरिटी डिपोजिटको रुपमा त्यहाँको स्थानीय प्रशासनमा पाँच हजार युरो अर्थात नेपाली करीब ६ लाख ४० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । तर तीन वर्षभित्र घरको मर्मत सकिएपछि उक्त रकम फिर्ता दिइने जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७