निसानको नयाँ किक्स नेपाली बजारमा मूल्य ४८ देखि ६० लाखसम्म, यस्ता छन् विशेषता


५ फाल्गुन २०७५, आईतवार
NISSAN KICKS

काठमाडौं,फागुन ५ । नेपालका लागि निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान किक्स आज आइतवार देखि नेपाली बजारमा ल्याएको छ।

gadi 1

१४९८ सिसि इन्जिन क्षमताको निसान किक्सले ५६०० आरपिएममा १०६ विपिएच पावर र ४००० आरपिएममा १४२ एनएम टर्क जेनेरेट गर्छ। यसको फराकिलो इन्टेरियर र आकर्षक एक्टिरियरले ग्राहकहरुलाई आकर्षित गर्ने कम्पनीको दावी छ।

यसमा ८ इन्चको टच स्क्रिन छ, जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा संचालन गर्न सकिन्छ साथै यसमा एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल,भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ।

NISSAN KICKS

किक्सको डिजेल ईन्जिनमा एक्सएल, एक्सभि र एक्सभि प्रिमियम गरी तिन ओटा र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभि गरी ५ वटा अप्सनमा उपलब्ध छ।

यो पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे, फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड ७ वटा आकर्षक रङ्गहरुमा उपलब्ध छ।कम्पनीले यसको मूल्य ४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजारसम्म निर्धारण गरेको छ।

यसको पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी माइलेज दिने कम्पनीको दावी छ।

विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्ता संग ल्याउन सकेकोमा खुसी लागेको पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले बताए।

‘यसले नेपालीको अभिरुचि पूरा गर्नेछ साथै यसबारे नेपालीहरुमा रहेको उत्सुकता पूरा गरेको छ र हामीलाई विश्वास छ कार प्रेमी नेपालीहरुको मन जित्नेछ’ उनले भने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७