वामगठबन्धको बृहत चुनावी सभा गोटिखेलमा जे देखियो !


१६ मंसिर २०७४, शनिबार
gotikhel bam

ललितपुर : शुक्रबार बामगठबन्धको बृहत चुनावी सभा गोटिखेलमा सम्पन्न भएको छ । दक्षिण ललितपुरको सदरमुकाम भनेर चिनिने गोटिखेल सबै राजनीतिक दलको कार्यक्रम गर्ने र शक्ति प्रदर्शन गर्ने ठाउँको रुपमा रहेको छ । यसैक्रममा बाम गठबन्धनले आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारका लागि बृहत चुनावी आमसभा सम्पन्न गरेको हो । यस चुनावी बृहत सभामा भएका केही विषयबस्तुहरु यस प्रकार हेर्न सकिन्छ ।gotikhel bam
उर्लियो दक्षिण ललितपुर
गोटिखेलमा सम्पन्न भएका सबैजसो निर्वाचन सभामध्ये शुक्रबार सम्पन्न भएको चुनावी सभा सबैभन्दा ठूलो देखिएको छ । स्थानिय पिताम्बर दाहालका अनुसार २०५६ सालको एमालेको जनसभापछि सबैभन्दा ठूलो सभाको रुपमा यस सभालाई लिन सकिन्छ । दक्षिण ललितपुर र आशपासका क्षेत्रका झण्डै ५ हजारको संख्यामा गोटिखेलमा उपस्थिति रहेको थियो । ललितपुर क्षेत्र नम्बर १ को पहाडी क्षेत्रमा रहेका झण्डै २३ हजार जनसंख्यामा यो संख्याको उपस्थितिले निर्वाचनमा बाम गठबन्धनको उर्जालाई अझ बढाएको देखिन्छ ।
बर्षमान पुन ‘अनन्त’को सम्बोधन
लामो समयपश्चात् दक्षिण ललितपुरको सम्बोधनका लागि पुगेका पूर्व अर्थमन्त्री तथा यस क्षेत्रबाट पहिलो संविधानसभामा निर्वाचित सभासद समेत रहेका अनन्तले पूर्वाधार निर्माणमा खर्चिएको विषयमा सविस्तार सुनाए ।
उनले भने, “कि त विकास म सांसद हुदा भयो कि त त्यो भन्दा अघिकै विकास बाहेक अरु विकास देखिएको छैन । लेले चन्दनपुर मोटरबाटो मैले पिच गरे । विर्खेचौरदेखी इकुडोलसम्मको बाटो, बगुवाको पुल, माल्टादेखी गिम्दीसम्मको बाटो, रातोमाटेदेखी कालेश्वरसम्मका बाटो आफ्नो पालामा निर्माण र स्तरोन्नति भए । रोकिएको ललित घुम्तिको अगाडि बढाउने काम मैले गरे । यहाँका सांसद उदय राणाले अर्वौ विकासका लागि अर्वौ छुट्याए भन्नुभो तर खै, छुट्टिएका बजेट कहाँ खर्च भए अव जनताले सोध्नुपर्छ । ”
सांगितिक रौनक
चुनावी सभाको रौनकको रुपमा सांगितिक प्रस्तुती पनि विशेष रह्यो । बाम गठबन्धनका कलाकारहरुले गीतसंगीत प्रस्तुत गर्दा स्थानिय जनता र उम्मेदवारहरु सँगसँगै नाचेका थिए । कलाकारहरुले चलेका लोकगीतहरुलाई प्यारोडी बनाइ “जसले जे भने पनि दुइ तिहाई चाहिन्छ” लगायतका शब्दहरु राखी उम्मेदवारहरु नवराज सिल्वाल, सुसिला पुन र चेतनाथ सञ्जेललाई जिताउन अनुरोध गरेका थिए । गायक प्रद्युम्न घलेको टिमले सभालाई मनोरञ्जनत्मक बनाएका थिए ।
गठबन्धनमा प्रवेश
उक्त चुनावी सभामा महाकांल गाउँपालिकाका विभिन्न क्षेत्रबाट नेपाली कांग्रेस र राप्रपा परित्याग गरेका सयौ ब्यक्तिहरु बठबन्धनमा प्रवेस गरेको छन् । कालेश्वरका पूर्व गाविस अध्यक्ष रामबहादुर गोले, तरुण दलका संयोजक सुरेश हुमागाई सहित गठबन्धनमा प्रवेश गरेका थिए । गठबन्धन प्रवेश गर्ने अन्य ब्यक्तिहरुमा गोविन्द चौलागाई, अनिल स्याङ्तान, प्रकाश घलान, राजन चौलागाई, भरत तिमल्सिना, विष्णु हुमागाई, विजय वाइवा, विजय न्यासुर, कृष्ण बहादुर स्याङ्तान, कुमार स्याङ्तान आदि प्रवेश गरेका थिए । उनीहरुले नेपाली कांग्रेस र राप्रपा विकासप्रेमी भन्दै जनता ठग्दै हिडेको र खाली लोकप्रियता र पैसाको लागि लागेकोले अव गठबन्धनलाई सहयोग गर्दै राष्ट्रनिर्माणमा लाग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७