काश्मिर हमलामा मारिएका सैनिक परिवारलाई अक्षयकुमारको पाँच करोड सहयोग


६ फाल्गुन २०७५, सोमबार
akshay kumar 3744622 835x547 m

काठमाडौं, ६ फागुन । भारतको जम्मू काश्मिरको पुलवामामा मारिएका भारतीय अर्धसैन्य बल सीआरपीएफका जवानप्रति नेताहरुले मात्र होइन बलिउडका कलाकारहरुले समेत उच्च सम्मान गरेका छन् ।

akshay kumar 3744622 835x547 m

उनीहरुले ती सैनिकमाथि भएको आत्मघाती हमलाको कडा आलोचना गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा आक्रमप्रति आक्रोश व्यक्त गरेका छन् । अभिनेता अक्षय कुमारले त्यस हमलालाई निकै नै कायरतापूर्ण काम भएको प्रतिक्रिया दिएका छन् । अहिले सार्वजनिक खबरहरुका अनुसार अभिनेता अक्षय कुमारले ज्यान गुमाएका सैनिक जवानका परिवारहरुलाई सहयोगस्वरुप पाँच करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।

यसअघि अभिनेता अमिताभ बच्चनले पनि आतंकवादी हमलापछि शहीद भएका हरेक सैनिक परिवारलाई पाँच–पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । साथै अभिनेता सलमान खानको एनजीओ बिइङ्ग ह्यूमन फाउण्डेशन पनि शहीद जवानका परिवारलाई सहयोग गर्न अघि सरेको छ ।

अभिनेता अक्षय कुमारले आफूले आर्थिक सहयोग गर्ने घोषणा गर्दै सबै भारतीय नागरिकलाई सहयोग गर्न प्रोत्साहित गरेका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गदै भनेका छन्, ‘पुलवामा हमला हामी कहिल्यै भुल्न सक्ने छैनौँ र भुल्न पनि दिने छैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७