शिवम् सिमेन्ट आईपीओः पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताका लागि आवेदन


६ फाल्गुन २०७५, सोमबार
shivam IPO EKqay8Hj2F 1

काठमाडौं,फागुन ६ । शिवम् सिमेन्टले प्रभावितसहित सर्वसाधारणको लागि खुला गरेको शेयरमा पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताको लागि आवेदन परेको छ ।

shivam IPO EKqay8Hj2F 1

सोमबार साँझ ६ वजेसम्म २२ करोड ३० रुपैयाँ बराबरको आबेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले आजदेखि सर्वासधारणको लागि प्रति कित्ता ३०० रुपैयाँ र प्रभावित क्षेत्रका बासिन्दाको लागि २०० रुपैयाँ प्रति कित्ताको दरले शेयर निष्काशन गरेको थियो ।

जसअनुसार, सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको शिवम्ले प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले छिटोमा फागुन ९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत्र ५ गतेसम्म बिक्री खुला गर्ने पनि जनाएको छ ।

सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम खुला गरिए बराबरकै लागि आवदेन दिन पाउने शिवम्ले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७