१८ हजार भन्दा बढी कर्मचारी समायोजन, कहाँ कति गए ?


७ फाल्गुन २०७५, मंगलवार
karmachari staff covil wNY50lo5Zy 1

काठमाडौँ, ७ फागुन । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३८ हजार दरबन्दी कायम गरी कर्मचारीको समायोजन गरिरहेको छ । हलसम्म सरकारले विभिन्न सेवामा गरी १८ हजार भन्दा बढी कर्मचारीको समायोजक गरेका छन् ।

nijamati karmchari

निजामतीतर्फ ८९ हजार, स्थानीय तहमा १७ हजार र अन्य सेवामा २ हजार कर्मचारी कार्यरत रहेका छन् । समायोजनमा पर्ने कर्मचारीमा मुख्य सचिवदेखि खरिदारसम्मका १८ हजार ४ सय २४ कर्मचारी समायोजन भैसकेको कर्मचारी समायोजन तथा सङ्गठन महाशाखाले जानकारी दिएको छ।

समायोजनमा परेका मध्ये सबै भन्दा धेरै सङ्घमा भएको छ । सङ्घमा १२ हजार ७ सय ८६ कर्मचारीको समायोजनमा परेका छन् । त्यस्तै दोस्रोमा स्थानीयमा समायोजन भएका छन् । स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भैसकेका छन् । त्यस्तै प्रदेशमा पनि प्रदेशमा २ हजार ४ सय १८ कर्मचारी समायोजन भएका छन् ।

समायोजनमा परेका कर्मचारी मध्ये मुख्य सचिवसहित ५६ सचिव र ६ सय ७६ सहसचिवको समायोजन भएका छन् । त्यस्तै प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासनका समूहका ८४८, राजश्वका १६६, लेखाका १७४ र शिक्षाका ४२९ उपसिवको समायोजन भएको छ ।

इन्जिनियरिङ सेवातर्फ समायोजन हुनमा हाइड्रो पावर समूहका २०, जनरल मेकानिकलका १७, जनरल समूहका ८१, हाइड्रोलोजि १४ र सर्वे समूहका ५७ जना सिनियर डिभिजनल इन्जिनियर रहेका छन् । वन सेवातर्फ जनरल फोरेस्टि समूहका ८१, तथ्याङ्क सेवाका ५८ उपसचिवको समायोजन भएको छ । प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासनका २८९०, लेखाका ११३२, राजश्वका ५८० शाखा अधिकृतको पनि समायोजन भएको छ ।

समायोजन हुने नायव सुब्बामा सामान्य प्रशासन सेवा अन्तर्गतका सामान्य प्रशासन समूहका ५ हजार ८०२ र राजश्व समूहका ६७५ रहेका छन् । सामान्य प्रशासनका ४ हजार ६०६ खरिदारको पनि समायोजन भएको छ ।


samayoajn
अरू यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७