‘सरकारले हस्तक्षेप नगरे पूर्वाञ्चल विश्वविद्यालय विघटनकाे बाटोमा छ’


७ फाल्गुन २०७५, मंगलवार
sanjeep rokaha 1

पूर्वाञ्चल विश्वविद्यालयमा विवादै विवाद छ । पूर्वाञ्चल विश्वविद्यालयमा अनियमितताको केन्द्र जस्तै बनेको छ । पूर्वाञ्चल विश्वविद्यालयले दिने सम्बन्धन, कार्यक्रम थप लगायतमा भ्रष्टचार भएको भन्दै आलोचना भएको छ ।

sanjeep rokaha 1

पछिल्लो समयमा भने नियुत्ती विवाद चर्किएको छ । प्राध्यापक संगठन, स्थानीय सरोकारवाला निकाय सबै आन्दोलनमा छन् । नेकपानिकट प्रगतिशील प्राध्यापक संगठनसँगै कांग्रेस निकट प्राध्यापकहरु पनि बिरोधमा छन् । १९ वर्ष अघि आइटी कन्सलट्यान्टका रुपमा पूर्वाञ्चल विश्वविद्यालयमा छिरेका राजेशकुमार झा लगायतलाई नियुत्तीपछि विवाद भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको सुधार तथा हितको निम्ती स्थानीय नागरिक समाजले बनाएको संस्था ‘पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाज’ पनि यो आन्दोलनको पक्षमा छ । पूर्वाञ्चल विश्वविद्यायलका उपकुलपति घनश्यामलाल दास र रजिस्ट्रार प्रमिला थापाले विश्वविद्यालयको नियमावली विपरित गरेका झा लगायतको नियुत्ती खारेजीको माग छ । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाज’ अध्यक्ष सञ्जीव रोकाहासँग यो बिषयमा गरिएको कुराकानी हेर्नुहोस् :

यो पनि पढ्नुहोस् :-

व्यक्तिको स्वार्थमा विश्वविद्यालय नै संकटमा


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७