काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसले चुनाव जितिसके: सिंह


१६ मंसिर २०७४, शनिबार
prakash man shing 2

काठमाडौं: नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसले चुनाव जितिसकेको र विधि पुर्याउन मात्र बाँकी रहेको बताएका छन् ।prakash man shing 2

नेपाली कांग्रेस बौद्धिक तथा व्यवसायिक चुनाव प्रचारप्रसार समितिले काठमाडौंको बानेश्वरमा शनिवार आयोजना गरेको बौद्धिक व्यवसायिक भेलालाई संबोधन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

“काठमाडौंका प्रबुद्ध मतदाताले चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारहरुको विगत,वर्तमान, कार्यक्षमता, दक्षता, योग्यता र भविश्यमा गर्न सक्ने कामका बारेमा मूल्यांकन गरिसकेका छन्” नेता सिंहले भने,“चुनाव कांग्रेसले जितिसक्यो, विधि पुर्याउन मात्र बाँकी छ, मंसिर २१ गतेको निर्वाचन परिणामले नै देखाउछ ।”

नेता सिंहले नेपाली कांग्रेसका उम्मेदवार अरु पार्टीका उम्मेदवार भन्दा धेरै अगाडि भएको उल्लेख गर्दै निर्वाचन प्रचार अभियानका क्रममा मतदाताले राखेका गुनासोलाई आफूले राम्रोसंग सुनेका र जनताकालागि अरु बढी काम गर्ने उत्साह र उमंग लिएर आएको उल्लेख गरे।उनले यो निर्वाचनमा नेपाली जनमत लोकतन्त्रको पक्षमा आउने र जसको नेतृत्वमा संविधान आयो कार्यान्वयनको जिम्मा पनि त्यसैलाई दिनुपर्ने आवश्यकतालाई नेपाली जनताले बुझिसकेको बताए ।

उनले नेपाली कांग्रेसले जे निर्णय गर्छ त्यो गरेरै देखाउने क्षमता रहेको उल्लेख गर्दै भने,“२००६ सालमा बैरगनिया सम्मेलनबाट राणाशासनको अन्त्य गर्न सशस्त्र आन्दोलन गर्ने निर्णय भयो, २००७ सालको क्रान्तिले राणा शासन ढालियो ।”

उनले २०४६ सालको जनआन्दोलनको चर्चा गर्दै भने,“हाम्रै निवास चाक्सीबारीमा भएको नेपाली कांग्रेसको सम्मेलनले पञ्चायती तानाशाहीका विरुद्धमा आन्दोलन गर्ने निर्णय गर्‍यो र आन्दोलनले पञ्चायत ढालेर बहुदलीय व्यवस्था पुनस्थापना गर्‍यो ।” स्थापनाकालदेखि नै नेपाली कांग्रेसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, लोकतन्त्रको स्थापना गर्न र देशलाई विकास तथा समृद्धिको मार्गमा लैजान गर्व गर्न लायक काम गरेको उल्लेख गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७