नेपाल आएका गायक सोनु निगम बिरामी नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ फागुन । नेपाल आएका बलिउडका चर्चित गायक सोनु निगम बिरामी परेका छन् ।
पोखरामा रहेका बेला उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल काठमाडौं ल्याइएको छ ।

गायक निगमको डा. पंकज जलान र डा. प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ । गायक निगमलाई अस्पतालको ५०१ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्