पाँच अर्ब बढी लगानी गरिएको ठमेलको ‘छायाँ सेन्टर’ विवादमा


८ फाल्गुन २०७५, बुधबार
chhaya

काठमाडौं, ८ फागुन । पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ ।

chhaya
????????????????????????????????????

करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए ।

पर्यटकीय व्यावसायिक गन्तव्यका रुपमा छाया सेन्टर सञ्चालनमा ल्याइएको सो कम्प्लेक्समा तारे स्तरको होटलसहित तीन मल्टिप्लेक्स थिएटर छन् । उक्त सेन्टरमा विभिन्न सामग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेस्टुरेन्ट, क्लब लगायतका सुविधा उपलब्ध छ । विभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीका कर्पोरेट कार्यालय छायाँ सेन्टरमा खुल्न थालेका छन् ।

सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते काठमाडौँमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको सन्दर्भमा यस्ता व्यावसायिक लगानीलाई निरुत्साहित गरिनु गम्भीर विषय भएको व्यवसायीको भनाइ छ । ‘ठमेलभित्रको ठमेलका रुपमा आएको योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई गरिएको छ ।

पैसा तिरी जग्गा किनेर पनि योजना अघि बढाउन नदिने षडयन्त्र हुँदैछ’, श्रेष्ठले भने । काठमाडौँ महानगरपालिकाले २०६९ साल असोज ११ गते छायाँदेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो ।

सोही वर्ष असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो । गत कात्तिक ८ गते कामनपाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७