प्रिमियर नयाँ च्याम्पियन


१६ मंसिर २०७४, शनिबार
4 1

 काठमाडौं: नयाँ च्याम्पियन प्रिमियर इन्टरनेसनलले पाँचौं अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । 4 1

बानेश्वर फुटसलमा भएको फाइनलमा प्रिमियरले द ब्रिटिस स्कुललाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित १६ मिनेटको खेल ३–३ को बराबरी स्थितिमा सकिएको थियो । पहिलो भएको प्रिमियरले २० हजार नगद पुरस्कार प्राप्त गर्‍यो भने ब्रिटिसले १० हजार नगद पुरस्कार पायो । विद्या संस्कार स्कुल खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा प्रिमियरका कविचन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए ।

 ब्रिटिसका डा। जोन मुरे ‘मोस्ट प्रोमिसिङ खेलाडी’ बने भने ब्रिटिसकै रमेश ज्ञवाली पूरै प्रतियोगितामा १३ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । ब्रिटिसका गेरी वाम्विक उत्कृष्ट गोलरक्षक चुनिए । पारागन अनुशासित टिम बन्यो । विजेतालाई एन्फा फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझी, विद्या संस्कार स्कुलका निर्देशक राजेश अधिकारी, प्रतियोगिता संयोजक समेत रहेका आयोजक विभागका प्रमुख राजन न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । एकदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७