अब रहेनन् साहित्यकार शिव रेग्मी


९ फाल्गुन २०७५, बिहीबार
Shiva Regmi 0V7ki26IaN

काठमाडौं, ९ फागुन । वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार दिउँसो ७८ वर्षको निधन भएको छ ।

Shiva Regmi 0V7ki26IaN

विक्रम संवत् १९९८ असोज १ मा काठमाण्डौमा जन्मिएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उनको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिएका छन् ।

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उनमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उनको निधन भएको जानकारी अस्पतालले दिएको उनले बताए । स्व. रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि स् दृष्टिकोण’ आदि उनीद्वारा सम्पादित कृति प्रकाशित छन् ।

उनी गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित थिए । त्यस्तै २०७० सालमा उनलाई मदन पुरस्कार गठनले जगदम्बाश्री पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७