भिमज्वालाको प्रश्न, ‘भारतको इशारामा संविधान जलाउने अशोकलाई भोट किन दिने ?’


१७ मंसिर २०७४, आईतवार
Bhim J Rai

धरान :  खोटाङ र उदयपुरबाट लखेटिएका अशोक राई धरान आएर सुनसरी क्षेत्र नं. १ का जनतामा भ्रम छर्ने काम गरेको नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले आरोप लगाएका छन् ।

Bhim J Rai

धरान वडा नंं ९ को वाम गठबन्धनको घर दैलो कार्यक्रममा भएको कोणसभालाई शनिवार सम्बोधन गर्दै नेता राईले धरानमा आएर जातीय भ्रम फैलाउने पाहुना उम्मेदारलाई मतदाताहरुले चिन्नु पर्ने बताए । ‘कुनै बेला भारतको इशारामा संविधान जलाउन नेतृत्व गर्ने अशोक राई त्यही संविधानलाई टेकेर भोट माग्न शहर पसेका छन्,’ नेता राई भने, ‘दुई दुई ठाउँबाट लखेटिएका व्यक्तिलाई सुनसरीका मतदाताहरुले भोट होईन चोट दिएर सजाए दिने छन् ।’

बषौदेखि सत्तामा बसेर जनताको रगत परिना चुस्न पलका काग्रेसीहरु वाम गठबन्धनले जिते आफ्ना खाईपाईआएको सुविधा खोजिने भयले छटपटाई रहेको बताए । उनले वाम गठबन्धनको जित पछि स्थायी सरकार बन्ने र सुनसरी १ को सम्वृद्धिको ढोका खुल्ने उद्घोष गरेर । कार्यक्रममा माओवादी केन्द्रकाधरान गगर संयोजक चोत्लुङ, एमालेको तर्फबाट समानुपातिक उम्मेद्वार सावित्रि श्रेष्ठलगायतले सभाको सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७