शव दाह गरेको कोइलाबाट सेकुवा र मकै पोल्ने पाक्छ


१७ मंसिर २०७४, आईतवार
1512262974sekuwa

काठमाडौं: मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन्।1512262974sekuwa

धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ ।खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन्। उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

उक्त कोइला धरानको बगरकोट, काठेपुल, निराजन बस्तीलगायतका होटल व्यवसायीले खरिद गरी लैजाने गरेको स्थानीयको भनाई छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७