‘राष्ट्रियताको सवालमा एमाले कहिल्यै झुक्दैन’


१० आश्विन २०७४, मंगलवार
माधवकुमार नेपाल nepal 1

चितवन: नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेकै राष्ट्रियताको अडानले सफल भएको भन्दै यी सवालमा एमाले कहिल्यै कसैसँग नझुक्ने र सम्झौता नगर्ने बताएका छन् ।

माधवकुमार नेपाल nepal 1

नेपालले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय एमालेको मुख्य अडान रहेको बताएका छन् । नेकपा एमाले चितवनले मंगलवार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यी अडानबाट विगत, वर्तमान र भविष्यमा एमाले कहिल्यै नचुक्ने स्पष्ट पारे ।

नेता नेपालले विगतका आन्दोलन र त्यसका परिणाम एमालेकै राष्ट्रियताको अडानले सफल भएको भन्दै यी सवालमा एमाले कहिल्यै कसैसँग नझुक्ने र सम्झौता नगर्ने धारणा व्यक्त गरे ।एमाले महिला, मधेशी, जनजाति, दलित, अल्पसङ्ख्यक लगायतको पक्षमा रहेको कुरा व्यवहारबाटै देखिएको भन्दै उनले पहिलो राष्ट्रपति मधेशी, पहिलो सभामुख जनजाति, दोस्रो राष्ट्रपति महिला भएको स्मरण गराए ।

नेता नेपालले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न आग्रह गर्दै “जनताको अपेक्षाअनुसार काम गर्नुहोस्,” भने ।जनप्रतिनिधि र जनताका बीचको सम्पर्कलाई मजबुद बनाएर स्थानीय तहमा विकासमा जुट्न पनि उनले आग्रह गरे । नेता नेपालले भने, “जनप्रतिनिधि बेसाहाराको साहारा बन्नुपर्छ ।”

जिल्लाको स्थानीय तहमा नेकपा (एमाले)बाट निर्वाचित ३०८ जना जनप्रतिनिधिलाई नेता नेपालले सम्मान गर्दै जनताको घरदैलोमा पुगेर काम गर्न पनि आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश नं ३ का सहसंयोजक एवं पोलिटब्यूरो सदस्य काशिनाथ अधिकारीले स्थानीय तहमा पार्टीले पाएको सफलतालाई केन्द्र र प्रदेशको निर्वाचनमा अझै बढी सफलता पाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए।

सो अवसरमा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल, केन्द्रीय अनुशासन आयोगका सदस्य एवं खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, नेकपा ९एमाले० चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्र खड्का लगायतले बोलेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७