विस्फोट कसले गराइरहेछ ? पटक-पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय) किन बोल्दैन ?


१७ मंसिर २०७४, आईतवार
Home ministry

काठमाडौं: प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन ।Home ministry

विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।

शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रिय कमाण्ड पोस्टको बैठक बस्यो ।

बैठक लगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समुहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन । ‘कुन समुहले, कुन झण्डा र ब्यानरमा विस्फोटलगायतका गतिविधी गर्‍यो भन्दा पनि कसले गर्‍यो भन्ने महत्वपुर्ण कुरा हो’, उनले भने ।

उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामुहिक कामको उपज भन्दा पनि व्यक्ती केन्द्रित घटनाका रुपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए ।

गृहको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीस्थित विमानस्थलमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै ‘निर्वाचन केन्द्रित अराजक तत्व’ले देशका विभिन्न स्थानमा गराइरहेका विस्फोटका घटना निन्दनिय रहेको बताए । प्रधानमन्त्रीले पनि विस्फोटका घटनामा विप्लव माओवादीको संग्लनताबारे केही बोलेनन् । यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७