गोर्खा सैनिकका समस्याका विषयमा प्रधानमन्त्री र बेलायती रक्षा राज्यमन्त्रीबीच छलफल


१० फाल्गुन २०७५, शुक्रबार
oli 5

काठमाडौं, १०, फागुन । दोस्रो पटक नेपालमा आएका बेलायती रक्षा सहायक राज्यमन्त्री मार्क ल्याङकाष्टरले आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी गोर्खा सैनिकका समस्या सम्बोधनका विषयमा छलफल गरेका छन् ।

oli 5

भेटवार्तामा राज्यमन्त्री ल्याङकाष्टरले ब्रिटिस गोर्खाहरुको बिषयमा बेलायत सरकारको प्राविधिक कमिटी बनाएर तयार पारेको प्रतिवेदनबारे जानकारी दिंदै गोर्खा सैनिकका समस्या समाधानका उपायहरुबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार प्राविधिक (टेक्निकल कमिटी) को रिपोर्टका आधारमा नयाँ प्याकेजहरु पनि तयार पारेको पनि राज्यमन्त्री ल्याङकाष्टरले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘टेक्निकल कमिटीले कसरी काम गर्‍यो । ‘अहिले नयाँ प्याकेजहरु तयार गर्दैछौं । ती प्याकेजहरु सकारात्मक हिसाबले तयार गर्दैछौं । यसमा नेपाल पनि सकारात्मक हुनेछ भन्ने विश्वास लिएका छौं’ ल्याङकाष्टरको भनाइ उदगृद्ध गर्दै भट्टराईले सुनाए ।

प्रधानमन्त्री ओलीले नेपालमा आगामी महिना हुन लागेको लगानी सम्मेलनबारे पनि ल्यांकास्टरलाई जानकारी गराएका थिए । उनीहरुबीच ब्रिटेनबाट कसरी बढी भन्दा बढी लगानी नेपालमा भित्र्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको डा.भट्टराईले जानकारी दिएका छन् ।

यसअघि बेलायती रक्षा मन्त्री ल्याङकाष्टर र नेपालका परराष्ट्रमन्त्रीबीच पनि भेटघाट भएको थियो । उत्त, भेटघाटमा पनि उनले गोर्खा सैनिकलाई बेलायत सरकारले उच्च सम्मान गर्ने र गर्दै आएको बताएका थिए । उक्त भेटमा ल्याङकाष्टरले गोर्खा सैनिकको समस्या सम्वोधनका लागि बेलायत सरकारले चाँडै नै न्यायपूर्ण सम्बोधन गर्ने जानकारी गराएक थिए ।

शुक्रबार नै प्रधानमन्त्री ओली र अष्ट्रियाका विदेश मन्त्री केरिन क्नाइसलबीच पनि शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा विद्युत र केवलकारका बिषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिएका ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७