तनावमा ‘मेरी बास्सै’ का राजु मास्टर, सहयोग माग्दै पुगे प्रहरीकोमा


१२ फाल्गुन २०७५, आईतवार
raju

नुवाकोट १२, फागुन । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा सँधै हँसाइरहने कलाकार राजु पौडेल (राजु मास्टर) अहिले आफै तनावमा छन् ।

raju

मेरी बास्सैका निर्देशक समेत रहेका राजुको फेसबुक ह्याक भएपछि अहिले धेरै साथीभाइसँगको सम्पर्क टुटेको छ । जनसम्पर्कको माध्यम फेसबुक ह्याक भएपछि तनावमा परेका कलाकार राजु पौडेल सहयोग माग्दै प्रहरी गुहार्न पुगेका छन् ।

फेसबुक ह्याक भएपछि दोषीमाथि कार्बाहीको माग गर्दै उनी प्रहरीसम्म पुगेका हुन् । फेसबुकमा अनावश्यक तस्बिर पोस्ट हुन थालेपछि पौडेल प्रहरीसम्म पुगेका हुन् ।

राजुले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतीय कारोवार ऐन अन्तर्गत छानबिन गरेर कार्बाहीको माग गरेका छन् । पौडेलले आफ्नो फेसबुक शुक्रबार साँझ ६ वजेबाट ह्याक भएपछि प्रहरीमा उजुरी दिएको जनाएका छन्् । ह्याक भएको पौडेलको फेसबुकमा कोरियन भाषाका शब्द लेखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७