नेपालसहित सात देशका कलाकार चारकोसे जङ्गलमा मूर्ति कुँद्न मग्न (फोटो फिचर)


१२ फाल्गुन २०७५, आईतवार
14

-अर्जुन कुलुङ राई
बेलबारी, १२ फागुन । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा एक करोड ८० लाख रुपैयाँको लागतमा पार्क बनाउन थालिएको छ । सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जग्गामा पार्क निर्माण थालिएको हो ।

14

नेपालसहित ७ वटा विभिन्न देशका मूर्तिकार तथा कलाकारले अहिले उक्त पार्कमा ढुङ्गाका विभिन्न आकृतिका मूर्ति बनाइरहेका छन् । ४ फागुनदेखि जापानका नोरिओ ताकाओका, इटालीका माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता, बंगलादेशका अभिजित कान्तिदाससहित नेपालका ४२ जना मूर्तिकारले विभिन्न ढुङ्गामा अलग–अलग आकृतिका मूर्ति खोप्दै छन् ।

चारकोसे जङ्गलमा उनीहरूले १८ दिनसम्म मूर्ति निर्माण गर्ने जनाएका छन् । कार्यशालामा सहभागी विदेशी कलाकारहरु निकै दक्ष र व्यावसायिक छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामालगायतका देशकै चर्चित मूर्तिकारहरु समेत कार्यशालामा सहभागी छन् ।

कार्यशाला धनु आर्ट स्टुडियोले आयोजना गरेको हो । बेलबारी नगरपालिका र सिर्जना सामुदायिक वन कार्यालय पनि आयोजकमा छन् । यस्तै बुद्ध एअर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेका छन् ।

मूर्तिकला कार्यशाला चलाउने स्टुडियो कलाकार धनु याख्खाको हो । याख्खाकै अग्रसरतामा केही वर्षअघि इटहरीको ताल तलैयामा पनि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भएको थियो । कार्यशालामा तयार भएका ढुङ्गाका मूर्तिहरु अहिले ताल तलैयालाई चिनाउने आकर्षणका रुपमा स्थापित छन् ।

काम फत्ते गरेर उनीहरू त्यहाँबाट निस्कँदा सिर्जना सामुदायिक वनको उक्त क्षेत्र मूर्तिको बगैंचामा परिणत हुनेछ । मूर्तिका संयोजक धनु याखाले यहाँ बन्ने मूर्ति सिर्जनात्मक र मूर्तिकारको स्वेच्छाले मूर्ति बनाउने जानकारी दिने । केही मूर्ति धिमाल र राजवंशीको संस्कृति झल्कने खालका हुने उनले जानकारी दिए ।
हेर्नुस् तस्विरहरु

1 8
2 8
3 5
5 4
6 3
7 4
8 2
9 2
10 2
12 2
13 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७