नेपालले चुनाव जितिसक्यो भन्दै नयाँ शक्तिका उम्मेदवार एमाले प्रवेश


१७ मंसिर २०७४, आईतवार
5 1

काठमाडौं: नयाँ शक्ति नेपालका काठमाडौं–२ का उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका छन् । आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सिंखडाले एमाले वरिष्ठ नेता माधकुमार नेपालको जित सुनिश्चित गर्न पार्टी प्रवेश गरेको घोषणा गरे ।

5 1
सिंखडाले नयाँ शक्ति राष्ट्रिय पार्टी बन्न नसक्ने निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको बताए । उनले भने, ‘नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय पार्टीका लागि सङ्घर्ष गरिरहनुभएको छ, उहाँले जित्ने सम्भावना पनि नदेखिएकाले अब समृद्ध नेपाल बनाउने अभियान वाम गठबन्धनको सरकारबाट मात्र सम्भव हुने निष्कर्षका साथ म नेपाललाई सघाउन एमाले प्रवेश गरेँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७