आफूले पढेको विद्यालयलाई मन्त्री पुनले गरे पाँच लाख सहयोग


१३ फाल्गुन २०७५, सोमबार
barsaman pun

रोल्पा, १३ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गरेका छन् ।

barsaman pun

रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले स्थापना गरेको रु एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका हुन् । विसं २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनले बताएका छन् ।

छात्रवृत्तिले गरीब, जेहेन्दार द्वन्द्वपीडित र अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने मन्त्री पुनले विश्वास व्यक्त गरे । जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धिका लागि पूर्व्विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले विद्यालयलाई देशकै नमूना बनाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षाका लागि अझै पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको औंल्याउँदै मन्त्री पुनले जिल्लाभित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७