यस्ता पनि छोरा : आमालाई मारेर मासु पकाएर खाए, खाइ नसकेको कुकुरलाई दिए


१३ फाल्गुन २०७५, सोमबार
cannibal2 l4MhpKPvln

काठमाडौं, १३ फागुन । आमाको माया संसारको कुनै पनि वस्तुसँग दाँज्न सकिंदैन । आमा जहिले पनि पूजनीय हुन्छिन् । तर, यहि संसारमा यतिसम्म क्रुर र राक्षसी छोरा पनि छन् जसले आमाको हत्या मात्र गरेनन् मासु नै पकाएर खाए, अनि खाइनसकेको मासु र हड्डी कुकुरलाई खुवाए ।

cannibal2 l4MhpKPvln

२६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । चकित पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारे ।

सान्चेजले आमाको हत्या गरेर शवलाई टुक्रा–टुक्रा पारेर पकाएको मिरर डट को डट युकेले बताएको छ । उनले आमाको आन्द्राभुँडी फोहोर फ्याँक्ने भाँडोमा फालिदिएको स्रोतले बताएको छ ।
स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको थियो ।

उनका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो । सान्चेज, बेरोजगार पूर्व वेटर, ले आमाको हत्या कसरी गरे भन्नेबारे पुलिसले जानकारी दिएको छैन ।

सान्चेजका साथीहरुका अनुसार उनी लागूऔषधको कुलतमा लागेपछि परिवारका लागि बोझ बनेका थिए । साथीहरुका अनुसार उनी घरको अगाडि पट्टी रहेको पार्कको बेन्चमा बसेर रक्सी पिइरहन्थे ।

उनले आमाको हत्या कहिले गरे भन्नेबारे जानकारी नभएपनि पुलिसले घटना एक हप्ताअघि भएको हुनसक्ने आशंका गरे । यद्यपी, छिमेकीले एक हप्ताअघि मारियालाई घाम तापिरहेको देखेको दाबी गरेका छन् । पुलिस स्रोतका अनुसार १५ वर्ष हुँदा बुवा गुमाएका सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाए ।

आमालाई बारम्बार घरेलु हिंसा गरेका कारण पक्राउ परेका उनलाई पुलिस अधिकारीहरुले राम्रोसँग चिन्थे । छिमेकीका अनुसार मारियाको शरिरमा थुप्रै चोटपटक देखिरहन्थे जसलाई उनीहरुले कुकुरले बनाइदिएको अनुमान गर्दथे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७