राशिद खानले ४ बलमा ४ विकेट लिएपछि अफगानिस्तान विजयी


१३ फाल्गुन २०७५, सोमबार
Rashid hat trick

काठमाडौं, १३ फागुन (एजेन्सी) । अफगानिस्तानले आयरल्यान्डविरुद्ध दोस्रो टि–२० मा क्रिकेटमा ३२ रनको जित दर्ता गरेको छ । अफगानिस्तानको स्पिनर राशिद खानले ४ बलमा लगातार ४ विकेट लिएपछि आयरल्याण्ड ३२ रनले पराजित भएको हो ।
जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा ३–० को जित दर्ता गरेको छ ।


अफगानिस्तानले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन मात्र जोड्न सक्यो । आक्रामक ब्याटिङ गरिरहेका आयरल्यान्डका ओपनर केभीन ओ’ब्राएनलाई राशिदले १६ औं ओभरको अन्तिम बलमा ७४ रनमा खेलिरहँदा आउट गरेपछि खेल अफगानिस्तानको पक्षमा मोडिएको थियो ।

राशिदले त्यसपछि १८ औं ओभरको सुरुवाती ३ बलमा जर्ज डक्रेल, शेन गेटकेट र सिमि सिंहलाई लगातार बलमा आउट गर्दै अफगानिस्तानको जित पक्का गरे । राशिदले समग्रमा २७ रन खर्चेर ५ विकेट लिए ।

आयरल्यान्डका लागि एन्डी बालब्रिनले ४७ रनको योगदान दिए । पल स्टरलिङ १०, जर्ज डक्रेलले १८ रन जोड्नुबाहेक अन्यले राम्रो योगदान दिन सकेनन् । अफगानिस्तानका जिआउर रहमानले पनि २ विकेट लिए ।

त्यसअघि मोहमद नाबीले ३६ बलमा ८१ रन जोडेपछि अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन जोड्यो । ओपनर हज्रतुल्लाह जाजाईले ३१ रनको योगदान दिंदै आक्रामक सुरुवात दिलाएका थिए । आयरल्यान्डका बोइड रान्किनले ३ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७