कोरियन भाषाको पुस्तक लिनै यस्तो कष्ट, कतिको होला सपना साकार ?


१३ फाल्गुन २०७५, सोमबार
korean language

काठमाडौं, १३ फागुन । कोरिया अहिले नेपाली युवाका लागि ‘कहर’ जस्तो बनेको छ । स्वदेशमा रोजगारीको अभाव अनि खाडी मुलुकका परिश्रमअनुसारको कमाइ नभएपछि अहिले अधिकांश युवाको सपना कोरिया बनेको छ ।

korean language

रोजगारीको आकर्षक गन्तव्यमध्येको एक कोरिया जानका लागि कम मेहनतले हुँदैन । कोरियन भाषा परीक्षाको तयारीका लागि अहिले नेपाली युवाहरु ठूलो लगानी गरेर पढिरहेका छन् ।

तर, विगतको भन्दा झन भन्यो झन कडा हुँदै गएको भाषा परीक्षाका कारण चानचुने मेहनतले कोरिया सपना पूरा हुँदैन । त्यसैले त अहिले युवाहरु निकै मेहनतका साथ कोरिया जाने कहरका लागि कष्ट उठाइरहेका छन् ।

जुन दृष्य सोमबार ललितपुरको बालकुमारीस्थित इपीएस सेन्टर नेपालमा पनि देखियो । जहाँ निःशुल्क कोरियन भाषाका पुस्तक बाँडिने कुरा थाहा पाएपछि छिनभरमै सयौं युवा लाइन लाग्यो ।

इपीएस सेन्टरले दिने पुस्तक कोरियन भाषा उत्तीर्ण गर्न सजिलो उपाय भएपछि युवाहरु यो पुस्तक लिनका लागि बिहानैदेखि लाइनमा लागेको उनीहरु बताइरहेका थिए । कतिपयले पुस्तक निःशुल्क पाउने खबर थाहा पाएपछि खाना समेत नखाई लाइनमा बसेको बताइरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७