महानायक हमालले विपन्न परिवारलाई पास गर्दिए दुई करोड जग्गा


१४ फाल्गुन २०७५, मंगलवार
rajesh hamal

काठमाडौं, १४ फागुन । महानायक राजेश हमालले दुई करोड मूल्य बराबरको जग्गा विपन्न परिवारलाई प्रदान गरेका छन् ।

rajesh hamal

महानायक हमालले ६० वर्ष अघिदेखि नवलपरासीस्थित आफनो पुख्र्यौली घरमा सहयोगीका रुपमा रहेका चार विपन्न परिवारलाई दुई करोड मूल्य बराबरको जग्गा प्रदान गरेका हुन् । देवचुली नगरपालिका–२ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासका लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापोत कार्यालयबाट निःशुल्क पास गरिदिएका छन् ।

Rajesh hamal 26022019012359

हमालले आफ्नो हजुरआमाको समयदेखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् । भाइ राकेश हमाल र सहयोगीसहित पुगेका हमालले तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मनकुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासका लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७