पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना


१५ फाल्गुन २०७५, बुधबार
rabindra 1

काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

rabindra 1

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृह सचिव प्रेमकुमार राईले भने, ‘पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’ सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७