पर्यटनमन्त्री सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालित


१५ फाल्गुन २०७५, बुधबार
minister rabindra adhikari 20181206013115

काठमाडौं, १५ फागुन । सँस्कृति पर्यटन तथा नागरिक उड्ययन्मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर खोज्न प्रहरी टोली परिचालित भएको छ ।

minister rabindra adhikari 20181206013115

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर डाइनेष्टीको हेलिकप्टर खोजी गर्न सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन् ।

यसैबीच गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुङ्गामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिएका छन् । हेलिकप्टरमा पर्यटनमन्त्री, एयर डाइनेस्टीका प्रमुखसहित ६ जना सवार रहेको बताइएको भए पनि को–को थिए भन्ने खुल्न बाँकी रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्
पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना
मन्त्री सवार हेलिकोप्टर दुर्घटना : यी ६ जना थिए सवार

ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ । मन्त्री अधिकारी तेह«थुमको चुहानडाँडास्थित विमानस्थल निरीक्षणका लागि निस्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७