हेलिकोप्टर दुर्घटना : शव लिन पठाइयो सिम्रिक एयरको हेलिकोप्टर


१५ फाल्गुन २०७५, बुधबार
airport 3

काठमाडौं, १५ फागुन । ताप्लेजुङको खप्टेढुङ्गमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याउने हेलिकोप्टर पठाइएको छ ।

airport 3

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकोप्टर दुर्घटनामा निधन भएकालाई राजधानी ल्याउनका लागि त्यसतर्फ थप हेलिकप्टर पठाइएको जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दुर्घटनाको उद्धारका लागि राजधानीबाट एयर डाइनेस्टिक र सिम्रिक एयरलाइन्सको हेलिकप्टर त्यसतर्फ गएको जानकारी दिएका हुन् ।

नेपाली सेनाको दुई हेलिकप्टर पनि त्यसतर्फ जाँदै गरेको उनले बताएका छन् । उनका अनुसार प्रहरीले सातै जनाको शव फेला परेको जनाएको छ । उनले पौने १२ बजे पाथिभराको क्षेत्रमा हेलिकप्टरले रिपोर्ट गरेको र पौने १ बजे सुकेटार टावरलाई भारी हिमपात भएको र उड्न नसक्ने जानकारी गराएको उनले बताए । त्यसपछि उडेको हेलिकप्टर केहीबेरमा नै सिस्नेखोलास्थित खप्टेढुङ्गमा दुर्घटनाग्रस्त भएको थियो ।

मौसम प्रतिकूलताका साथै दुर्घटना स्थल विकट भएकाले उद्धारका लागि समस्या भएको विमानस्थलले जनाएको छ । दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७