यसरी भएको थियो मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना, देशै शोकमा पार्ने त्यो ‘एक मिनेट’


१५ फाल्गुन २०७५, बुधबार
Ravindra adhikari 7

काठमाडौं, १५ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्रीसहित सवार सातै जनाको शव काठमाडौं ल्याउनका लागि प्रयास जारी रहेको छ ।

Ravindra adhikari 7

तर, दुर्घटनास्थल खप्टेढुङ्गा विकट रहेको र मौसम समेत प्रतिकूल रहेका कारण शव काठमाडौं ल्याउन कठिन रहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा मृत्यु भएका सबैको सब संकलन भइसकेको र हेलिकोप्टरबाट आजै काठमाडौं पठाउन नसके मान्छेले बोकेर भए पनि सदरमुकाम ल्याउने तयारी भइरहेको जनाइएको छ ।

मौसम प्रतिकूलताका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाए पनि थप अनुसन्धान अगाडि बढिरहेको जनाइएको छ । पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्रयाक रेकर्डबाट देखिएको जानकारी दिएका छन् ।

‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए ।

तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताएका छन् । उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् । हेलिकोप्टर ११ः४५ मा पाथीभरा पुगेको थियो । हेलिकोप्टरमा सवार सातै जनाको मृत भेटिएको र शव संकलनको काम सकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७