८४२६ प्रहरीले छाडे संगठन, भन्छन्, ‘संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो’


१६ फाल्गुन २०७५, बिहीबार

काठमााडौँ, १६ फागुन । टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’

चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

परिसरमा यसवर्ष जवानदेखि सइसम्म १ सय ५९ जनाले राजीनामा दिइसके । छाड्ने सबै पेन्सन अवधि पुगेका कर्मचारी छन् । राजीनामा दिनेमध्ये २९ जना चालक थिए ।

२०७१ मा १७२३ जनाले, २०७२ मा १२५२ जना, २०७३ मा ११६० जनाले, २०७४ १७८१ जनाले र २०७५ साल माघसम्म २५१० जनाले संगठन छाडेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७