सुकेटार विमानस्थलमा हिमपातसँगै हावाहुरी, शव ल्याउने हेलिकोप्टर उड्नै सकेन


१६ फाल्गुन २०७५, बिहीबार
suke

सुकेटार, १६ फागुन । ताप्लेजुङको सुकेटार विमानस्थलमा बाक्लो हिमपातसँगै हावाहुरी चलेका कारण हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत सात जनाको शव काठमाडौं ल्याउन समस्या भएको छ ।

suke

बाक्लो हिमपात र हावाहुरीका कारण शव ल्याउने विमान उडाउन सक्ने अवस्था नभएको सुकेटार विमानस्थलले जनाएको छ । बिहान साढे ६ बजे नै तारेभीरबाट बाँकी रहेका तीन वटा शव नेपाली सेनाको हेलिकोप्टरले सुकेटार विमानस्थलमा ल्याएको थियो ।

तर त्यसपछि सुकेटार विमानस्थलमा बाक्लो हिमपातका कारण हेलिकोप्टर उड्ने अवस्था नरहेको बताइएको छ । बाक्लो हिमपात र हावाहुरीका कारण अझै केही घण्टा उडान हुन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७