पीएसएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, ४ ओभर १० रन खर्चेर ४ विकेट


१६ फाल्गुन २०७५, बिहीबार
Sandeep Lamichhane 1 1 1

काठमाडौं, १६ फागुन । नेपाल युवा लेग स्पिनर खेलाडि सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल)मा उत्कृष्ट प्रदर्शन गरेका छन् । लाहोर क्वालान्डर्सबाट खेलिरहेको सन्दीपले बुधबार क्वेटा ग्लाडियटर्स्विरुद्धको खेलमा उत्कृट प्रदर्शन गरेका हुन् । उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चेर चार विकेट चार विकेट लिए ।

उनले क्वेटा ग्लाडियटसका सेन वाट्सन, उमर अकमल, रिली रोस्सु र डेनिस अजिजलाई पेभिलियन फर्काएका थिए ।

चौथो ओभरमा बलिङ गर्न पुगेका सन्दीपले चौथो बलमा सेन वाट्सनलाई एलबिडब्लु धरापमा पारे । छैटौं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर मैदान छिरेका सन्दीपले पहिलो बलमै रिली रोस्सुलाई आउट गरे। छैटौं ओभरकै अन्तिम बलमा उनले उमर अकमललाई आउट गरे ।

सन्दीपले आठौँ ओभरको तेस्रो बलमा अजिजलाई आउट गरेका हुन्। सन्दीपले पहिलो खेलमा तीन विकेट लिएकाा थिए भने दोस्रो खेलमा एक विकेट झारेका थिए। बुधबारको खेलमा चमत्कारिक प्रदर्शन गर्दै चार विकेट लिएका हुन् ।

बुधबार सन्दीपको टिम लाहोरले ग्लाडियटर्सलाई ८ विकेटले पराजित गरेको छ । १०७ रनको लक्ष्य पछ्याएको लाहोरले दुई विकेटको क्षतिमा १६.३ ओभरमा लक्ष्य पूरा गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७