पर्यटन मन्त्री अधिकारीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा


१६ फाल्गुन २०७५, बिहीबार
Rabindra Adhikari minister of culture tourism and civil aviation 1

कास्की, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

Rabindra Adhikari minister of culture tourism and civil aviation 1

अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिए ।

सरकारले स्व. अधिकारीकोे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हिजो नै गरिसकेको छ । नेता गुरुङका अनुसार अधिकारीको अन्त्येष्टिमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, दलका नेतालगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ ।

नेकपा प्रदेश कार्यालयको आयोजनामा आज बिहान शान्ति वनवाटिकास्थित जिल्ला पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालय, उपलब्ध केन्द्रीय तथा प्रदेश सदस्य र कास्की पार्टी संयन्त्र सदस्यहरुको बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिका लागि पार्टीको आन्तरिक व्यवस्थापन प्रदेश सरकारको समन्वयमा जिल्ला पार्टी कार्यालयले गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले फागुन १९ गते आइतबार गण्डकी प्रदेशका सबै जिल्लामा शोकसभा गर्ने र तीन दिन पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले बताए । आज साँझसम्म मन्त्री अधिकारीको शवलाई गृह जिल्ला पोखरा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७