नेकपा मुख्यालयमा नेता गुमाउँदाको ‘न्यास्रो’ (हेर्नुस् तस्विर)

नेकपा मुख्यालयपछि ३ बजे सबैको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने


१६ फाल्गुन २०७५, बिहीबार
neta

काठमाडौं, १६ फागुन । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रविन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिन अहिले नेकपा मुख्यालयमा नेता–कार्यकर्ताको भिड लागेको छ ।

neta

आफ्ना नेतालाई अन्तिम दर्शन गर्न कार्यकर्ताहरु आँखाभरी आँशु र मलिन अनुहार लिएर पार्टी मुख्यालयमा जम्मा भएका छन् । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित अन्य सातै जना मृतकको तस्विर श्रद्धाञ्जलीका लागि सजाइएको छ ।

कार्यकर्ताहरु आफ्ना नेता तथा देशका होनहार व्यक्तिहरु छिनमै गुमाउनु पर्दाको पीडा एक–अर्कासँग साटासाट गर्दै मृत्तकको तस्वीर हेर्दै चुकचुकाइरहेका छन् । मन्त्री अधिकारीको शव त्रिवि शिक्षण अस्पतालबाट नेकपा मुख्यालयमा लगिंदैछ । नेता तथा कार्यकर्ताहरुले पार्टीको शोक पुस्तिकामा हस्ताक्षर समेत गरिरहेका छन् ।

पार्टी कार्यालयको श्रद्धाञ्जलीसभापछि सबै जनाको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ ।

नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहस मेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ । नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

हेर्नुस् तस्विर

8 3
7 7
6 6
2 12
4 6
5 7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७