१२ वर्षपछि जुरेको हिउँ खेल्ने मौका (फोटो फिचर)


१६ फाल्गुन २०७५, बिहीबार
snow 1

काठमाडौं, १६ फागुन । पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र हिमपात भएको छ ।

snow 1
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृतिसँग रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः रासस

भक्तपुरमा १२ वर्षपछि हिमपात भएको छ । १२ वर्षपछि हिमपात भएको मौकामा युवाहरुले एकाविहानै हिउँ खेलेर रमाइलो गरेका थिए ।

मौसम पूर्वामानुमान महाशाखाका अनुसार गत रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । यद्यपिमध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहने महाशाखाका वरिष्ठ मौसमविद् सुदन सुवेदीले जानकारी दिए ।

गएको २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको थियो भने काठमाडौँमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्याङ्क छ । काठमाडौँ उपत्यकाको वरपर आज बिहान हिमपात भएकाले यहाँ चिसो बढेको उनले बताए । गत २४ घण्टामा काठमाडौँको अधिकतम् तापक्रम १६.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो ।

आज दिउँसो पनि सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना हुने महाशाखाले जनाएको छ ।

शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ । त्यस्तै शनिबार पनि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ ।

snow 2
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृति । तस्वीरः रासस
snow4
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको जंगलमा हिउँले ढाकिएको गुराँसको बोट । तस्बिरः रासस
snow 5
चाँगुनारायण नगरपालिकास्थित बागेश्वरीमा बुधबार बिहान परेको हिउँ । तस्बिर : रासस
snow 7
१२ वर्षपछि बुधबार भक्तपुरमा भएको हिमपात । तस्बिर : रासस
snow 8
पर्यटकीयस्थल नगरकोटमा बुधबार परेको हिउँ । तस्वीर : रासस
snow 9
१२ वर्षपछि भक्तपुरमा बिहीबार भएको हिमपातमा हिउँ खेलेर रमाउँदै नगरकोटका युवा । तस्बिर : रासस
snow 10
हिमपातपछि भक्तपुरको लोकन्थलीबाट बुधबार देखिएको उपत्यकाको रमणीय दृश्य । तस्वीर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७