एमालेमा प्रवेश गरेकी कोमल वलीलाई मनोज गजुरेलको यस्तो सुझाव


प्रकाशित मिति : September 26, 2017

कठमाडौं : राप्रपाबाट नेकपा(एमाले)मा प्रवेश गरेकी गायिका कोमल वलीलाई अहिले चर्चामा छिन् । रेडियो नेपालीको जागिर छोडेर राप्रपा प्रवेश गरेकी उनलाई हास्य कलाकार मनोज गजुरेलले स्थायित्वको शुभकामना दिएका छन् ।

राप्रपाको महाधिवेशनबाट लोकप्रिय मत पाएर केन्द्रीय सदस्य विजयी भएकी उनलाई एमाले पार्टी प्रवेशपछि सोसल मिडिया मार्फत गजुरेलले स्टेज फेर्न राम्रो तर पार्टी कम फेर्दा अति राम्रो भएको भन्दै स्थायित्वको शुभकामना दिएका छन् । ‘ कोमल कमरेड, स्टेज जति धेरै फर्याे त्यति राम्रो, तर पार्टीचाहिं कम फेर्दा अति राम्रो स्थायीत्वको शुभ कामना’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्