टुँडिखेलको श्रद्धाञ्जली : नरुने कोही भएनन् (फोटो फिचर)


१७ फाल्गुन २०७५, शुक्रबार
tudhikhelआँसुले भिजेको टुँडिखेल 5

काठमाडौं, १७ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई आज काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

mantri adhikari


मन्त्री अधिकारीसहित दिवंगत सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलगायत सबैजसो दलका शीर्ष नेता, उच्च पदस्थ सरकारी कर्मचारीलगायत सर्वसाधरणको समेत भीड लागेको थियो । मन्त्री अधिकारीसहित सातै जनालाई राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली अपर्ण गरिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाएका छन् । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका छन् ।

dd


दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवंगत सातै जनाको पार्थिव शरीर देख्दा राष्ट्रिय व्यक्तित्वदेखि सर्वसाधरणको आँखा रसाएका छन् । अझ दिवंगत व्यक्तित्वका आफन्तको रोदनले श्रद्धाञ्जली दिन उपस्थित सबैको मन कुँडिएको थियो ।

mantri adhikari 2


काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ ।

a 1

8
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर : रासस
9
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर : रासस
5
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । तस्वीर : रासस



6
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै आफन्तजन । तस्वीर : रासस
7
ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश नम्बर ५का मुख्यमन्त्री शंकर पोखरेल । तस्वीर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७