मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा, को–को जाँदैछन् पोखरा ?


१७ फाल्गुन २०७५, शुक्रबार
Rabindra Prasad Adhikari Memory

काठमाडौं, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

Rabindra Prasad Adhikari Memory

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराए ।

मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उनको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।

कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका स्व. अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

को–को जाँदैछन् पोखरा ?
दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरामा जानेछन् ।

त्यस्तै, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ ।
दिवंगत मन्त्री अधिकारीको आजै पोखराको रामघाटमा अन्त्यष्टि गरिने छ ।

बिहान टुँडिखेलमा राखिएको अधिकारीको शव पोखरा लगिदैछ । रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधानमन्त्री पोखरेलले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउने छन् भने गौतम र श्रेष्ठले पार्टीको झण्डा ओढाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७