भीआईपीको उडानमा आचारसंहिता बनाउनै पर्छ : योगेश भट्टराई


१७ फाल्गुन २०७५, शुक्रबार
Yogesh bhattarai

काठमाडौं, १७ फागुन । नेकपा नेता तथा सांसद योगेश भट्टराईले अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता आवश्यक रहेको औंल्याएका छन् ।

Yogesh bhattarai

उनले मन्त्री रवीन्द्र अधिकारीको निधनलगायतको निधन पाठ सिक्दै अब फेरि यस्तो दुःखद दुर्घटना दोहोरिन नदिन आचारसंहिता बनाउने कुरामा लाग्नु पर्ने बताएका छन् । शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले हेलिकोप्टर उडानमा सावधानी नपुग्दा यस्तो दुःख घटना भएको बताए ।

विद्यार्थी आन्दोलनदेखि नै रविन्द्र अधिकारीका सहपाठी रहेका सांसद भट्टराईले यो दुर्घटनाबारे सरकारबाट गठित समितिले छानविन गर्नुपर्ने औंल्याए । उनले भने, ‘अब भीआइपीको उडानमा कोड अर्फ कन्टक्ट आवश्यक देखियो ।’

सानो असावधानीका कारण असमयमै देशले सम्भावनायुक्त दियो गुमाउनु परेको बताउँदै सांसद भट्टराईले भने, ‘रविन्द्रजीसँगको मेरो सहकार्य झण्डै ३ दशक लामो थियो । उहाँ र मेरो बीचमा अत्यन्तै घनिष्ठता थियो । अनौपचारिक सम्बन्ध पनि रह्यो । पारिवारिक पनि । यो क्रममा मैले उहाँमा धेरै सम्भावनाहरु देखेको थिएँ ।’

आफूले रविन्द्र अधिकारीलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रुपमा बुझेको भट्टराईले बताए । उनले भने, ‘संगठनको आधारभूत तहदेखि काम गर्दैगर्दै अनेरास्वियुको केन्द्रीय अध्यक्ष पनि हुनुभयो ।

पोखराको पीएन क्याम्पस र काठमाडौंको त्रिविमा स्ववियु सभापति हुनुभयो । ३–३ पटक संसदीय निर्वाचनमा विजय हासिल गर्नुभयो । यसले उहाँ जनतासँग पनि त्यतिकै घनिष्ठता हासिल गर्ने व्यक्ति हुनुहुन्छ भन्ने देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७