आँशुले भिजेको त्यो टुँडिखेल (फोटो फिचर)


१७ फाल्गुन २०७५, शुक्रबार
tudhikhelआँसुले भिजेको टुँडिखेल 5

काठमाडौं, १७ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एंव लोकप्रिय युवा नेता रवीन्द्र अधिकारी लगायत हेलिकप्टर दुर्घटनामा परेर निधन भएका सातै जनाको श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्म टुँडिखेलमा राखिएको थियो ।

tudhikhelआँसुले भिजेको टुँडिखेल 6

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो ।

दुर्घटनामा नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।

tudhikhelआँसुले भिजेको टुँडिखेल 8

बिहीबार शवहरुको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । हिजै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको हो । श्रद्धाञ्जलीका लागि बिहानैदेखि टुँडिखेलमा लामबद्ध भएका थियौं । बिहानदेखि लाइनमा बसेका सुभेच्छुकहरुले अन्तिम आफ्ना प्रिय नेताको अन्तिम बिदाई गरे । श्रद्धाञ्जली दिन आएकाहरुको सबैको आँखा रसाएको थियो । आफन्ताहरु भावविह्रल भएका थिए ।

tudhikhelआँसुले भिजेको टुँडिखेल 5
tudhikhelआँसुले भिजेको टुँडिखेल 3
shdhj
mantri adhikari 2
tudhikhelआँसुले भिजेको टुँडिखेल 2



नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।

tudhikhelआँसुले भिजेको टुँडिखेल 13

दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे ।

tudhikhelआँसुले भिजेको टुँडिखेल 12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७