अल विदा रविन्द्र : मायाले रचेको खेल यो आज आएर अन्त भो… (फोटो फिचर)


१७ फाल्गुन २०७५, शुक्रबार
Rabindra adhikari Ramghat pokhara 2 20190301122000

बलेको जीवन ज्योति यो
जसको जीवन ज्योतीले
निभेछ छिनमै आज त्यो तेल सकियो दियोको
पुगे थियो त्यो समुद्र पानी यो
जुन खोलाको साथले सुकेछ पलमै
आज त्यो खोला खहरे भई दियो
शरीर ढलेको त्यै थियो, मन्द मुस्कान ओठमा
चिनेको जानेको सब त्यो अब खरानी भई गयो
तै पनि सम्झना पटमा बाँचिरहेको को हो त्यो ?
उठेको रहेछ फोका त्यो फेरि फुटेर पानी भो
माटोले बनेको देह त्यो फेरि गएर माटो भो
छुटेको रहेछ अणु त्यो आज मिलेर पूर्ण भो
मायाले रचेको खेल यो आज आएर अन्त भो !

Rabindra adhikari Ramghat pokhara 2 20190301122000

कुन्ती मोक्तानले गाएको यो गीतको शब्दहरु जस्तै ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परेका सँस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र अधिकारीलगायत सात जना होनहार व्यक्ति विलाएर गएका छन् ।

दुर्घटनामा परी हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भयो । उनीहरुको मृत्युदे देश नै सतब्ध बन्यो ।

पोखरामा सामूहिक श्रद्धाञ्जलीपछि अपरान्ह मन्त्री अधिकारीको शव पोखरा लगिएको थियो । जिल्ला पार्टी कमिटि र परिवारको आग्रहमा उनको शव पोखरा लगिएको हो। श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको थियो । श्रद्धाञ्जलीपछि नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा गरिएको र सो शवयात्रामा नेकपाका नेता कार्यकार्ताका साथमा सयौं सर्वसाधारण, आफन्त र शुभचिन्तकको सहभागिता रहेको थियो ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिनका लागि गण्डकी प्रदेशका सबै जिल्लाका नेकपाका नेता कार्यकर्ताका साथमा सुभेच्छुकहरुको ठूलो मात्रामा उपस्थिति रहेको थियो। श्रदाञ्जली सभामा सहभागी आफन्त तथा शुभचिन्तक दुःखी र निरास देखिन्थे भने नेकपाका नेता तथा कार्यकर्ताका पनि आँखा रसाइरहेका देखिन्थे ।

श्रदाञ्जलीपछि मन्त्री अधिकारीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । सो अवसरका नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । मन्त्री अधिकारीको शवमा उनका जेठा छोरा विराज अधिकारीले दागवत्ती दिएका छन् ।

देश, समाज र परिवारको भर रहेका उनीहरुको विदाइ सिङ्गो देशका लागि दुखदायी बन्यो । छोटो जीवनमा, धेरै काम गर्न भ्याएका यी सातै जनाको योगदानलाई राज्य सरकारले उच्च सम्मान दिएको छ । मन्त्री रविन्द्र अधिकारी नेपाली राजनीतिका सम्भावनायुक्त व्यक्तित्व थिए । कास्कीबाट उठेका रविन्द्र अधिकारी ताप्लेजुङमा ढले र सेती नदीमा विलाए ।

यसरी उदाएर अस्ताए मन्त्री रविन्द्र अधिकारी
पिता– इन्द्र प्रसाद अधिकारी
माता– लक्ष्मीदेवी अधिकारीको
जन्म मिति– बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल – कास्की भरतपोखरी गाबिस(९ जामुनाबोट ।
श्रीमती–बिद्या भट्टराई (तत्कालीन विद्यार्थी नेतृ, हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन–ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान–दुई छोरा

विद्यार्थी राजनीति
१) २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२) प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३) बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४) २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५) २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६) २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७) २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८) २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९) २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
१०) २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्वबियु सभापति निर्वाचत ।
११) २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
१२) २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष

विद्यार्थी आन्दोलनमा उल्लेख्य भूमिका
–शिक्षामा भएको निजीकरण र ब्यापारिकरण विरुद्ध लामो संघर्ष ।
– प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ ।
– वहुचर्चित कालापानी मार्चको नेतृत्व ।
– सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बांधको बिरोध ।
–शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा होइन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व ।
– यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई।

राजनीतिक यात्रा
१) २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२) पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३) प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४) बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५) बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६) बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वा्चित ।
७) संविधान सभा २०६४ को सभासद ।
८) २०७० सालको संविधानसभा सदस्य ।
९) रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
१०) २०७४ को आमनिर्वाचनमा पुनस् तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वा्चित
११) नेकपाका केन्द्रीय सदस्य
१२) वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री

कृति र प्रकाशन
१) संविधानसभा स् लोकतन्त्र र पुनर्संरचना
२) समृद्द नेपाल
३) बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित भएका छन् ।

हेर्नुस चुँहानडाँदेखि यात्रादेखि अन्त्येष्टिसम्मका तस्विरहरु

rabindra adhikari
rb
helecopter crash 9ffTf8aWDQ
1551321580919 ND Ktm
Rabindra adhikari nepal Youth leader dead 4
Rabindra Adhikari Youth leader dead
air dynasty
tri
tudhikhelआँसुले भिजेको टुँडिखेल 7
adhikari tudikhel 6 F2wxVIyeji
tudhikhelआँसुले भिजेको टुँडिखेल 5
8
sab
pokhax
pk 3
pk 2
las
get img 2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७